सफलता/असफलता मान्छेको जीन्दगीमा धेरै कुरामा निर्भर गर्दो रहेछ । आज नयाँ वर्ष २०१० को दिन, नयाँ कुरा शुरु गरौ भनेर -यागमा रहेको एक फायल पल्टाए जसमा मेरी श्रीमतीका करिव २०-३० वटा पेपर रहेछन् । सम्पूर्ण आरएफआईडी को म्याक लिएरको वारेको पेपरहरु । सम्पूर्ण फायल पल्टाईसक्दा नसक्दै आँखामा आँसु आयो । मैले उनले त्यती धेरै पेपरहरु पढेकी होलिन जस्तो कहिल्यै लागेन । त्यो त्यही फायलहो जसको पेपर को सार उनले वनाएकी थिईन, जव उनले त्यसलाई नयाँ ढंगले म्यानूपुलेट गर्न सकिनन्, उनि ग्राजुयटहुन वाट चुकिन् र त्यो सार केही वर्ष फायलमा नै रह्यो । अन्त्यमा मैले पढाई सुरु गरेपछी त्यसैको अर्कोरुप मैले प्रस्तुत गरे जो एक राम्रो जरनलमा छापियो । तर, जती उनले पेपरहरु कलेक्सन गरेकी थिईन, वा कमसेकम एब्स्ट्रेक्ट पढेकी थिईन, त्यती पेपरहरुको टायटल मैले ईन्टरनेटमा पनि भेटेको थिइन ।
उनी संगै आएकाहरु आज पिएचडी भैसके । खै केले गर्दा हो मेरो मुटु चाही उनले ग्राजुयसन गर्न नसकेकोमा दुखी रहन्छ ।
I created it for photoblogging, but I have no time for photography. So, I decided to use it as a daily diary. Sorry.
Thursday, January 28, 2010
सफलता/असफलता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment