Monday, December 24, 2018

एक उद्ददण्ड स्कमव्याग --साथी??को कथा

मलाई सधै ए वाहुन भनेर वोलाउने । मलाई उसले कहिले पनि नामले वोलाएको याद छैन । ठुलो भएपछि भने उसले गुरु, वाजे, नामको अघिल्लो दुई अक्षरमा ऐ जोडर वा यस्तै केही कम चित्त दुख्ने शव्दले वोलाउन थाल्यो ।तर म उसलाई उसकै नामले वोलाऊँथे । उसलाई कसैले उसको जातले वोलाई दियो भने त त्यसको उठीवास नै लाग्ने । ऊ मलाई मात्र हैन अरुलाई पनि त्यस्तै जात वा निकनेमले वोलाउँथ्यो । निकनेमहरु प्रायः व्यक्तिको सारिरिक वनावट, प्राकृतिक चोट पटक, उसको वारिवारिक परिवेस, आर्थिक अवस्था वा यस्तै वाट राखिएको हुन्थ्यो र सुन्दा कतिपय मान्छे हाँसे पनि जसलाई दिइएको हो उसलाई चाँही सायद सारै पिडा पुग्ने खालको हुन्थ्यो । उसको निकनेम नभएको पनि होईन, तर उसलाई वोलाउन हैन । उ नभएको वेला सम्वोधन गर्न प्रयोग हुने निकनेम थियो उस्को । उसको सारिरिक वनाओट सानो खाले थियो, त्यसैवाट उसको निकनेम राखिएको थियो ।
मेरो घर ठूलो वगैचाको विचमा थियो जसमा धेरै चुकका रुखहरु थिए,  अमिलो, नारंगी, ज्यामिर आदि । त्यसैकारणले मेरो नाम चुके भनेर राखेको थियो । मेरो जुंडी अर्थात टुप्पी थियो । मलाई या त ऊ टुप्पी वा चुके वाहुन भनेर सम्वोधन गर्दथ्यो । उसले अरुलाई पनि त्यस्तै नामले वोलाओस् भन्ने चाहन्थ्यो ।
उसका परिवारमा प्रायः सवै सोवर, सरल र सहज मिजासका थिए । तर ऊ चाँही उद्ददण्ड थियो । यति धेरै उद्ददण्डकी एकपटक उसले उसको आफन्तको टेप रिकर्डरमा खोलेर तेल हाली दियो । टेप रिकर्डर विग्रीयो, अनि उ भागेर एक नातेदारको घरमा गयो । उसको घर सदर मुकाममा थियो । उसको वुवा जागिरे, आमा आफ्नै घरमा पसल गर्ने र मामाको छुट्टै पसल । नातेदारले खोजेर ल्याए र कालो मोसो दलेर आफ्नो पसलमा वाधेर राखे । ऊ ४० वर्षको पुग्दा पनि बच्चा हुँदाको त्यो कुरा प्रति उसले प्रश्चितः गर्नु भन्दा पनि ति आफन्तलाई एक दिन देखाईदिने कुरा गर्दथ्यो ।
उसको कुरामा कसैले सहमती नजनाएत उसले डसौला झै गर्ने । एकपटक हामी ढुंगे धारावाट नुहाएर आऊदै थियौ । ढुंगेधारा जान २० मिनेट जती ओरालो हिड्नु पर्ने । हामी सानो हुँदा सनिवारको दिन साथी वा परिवार संग ढुंगे धारामा नुहाउन जाने चलन थियो । उसले वदाम ल्याएको रहेछ र २ वटा कोसा मलाई दियो । एक वटा मा २ दाना जती । उकालो चढ्दै गर्दा खाईसके पछि, उसले यो वदाम नभएको भए काँ यति चढ्न सकिन्थ्यो हैन भनत? भनेर सोध्यो । मैले झट्ट यति वदामले त के हुन्थ्यो भनेको त उसले मलाई साला वाहुन, कुरा काट्छस् भनेर तथानाम गाली ग-यो । म अक्कन वक्क भए । अव त्यो २ वटा वदाम खाएर ३० मिनेट जती उकालो वाटो कसरी हिडिएको हो भन्नु ।

यसको अन्य अंश
किन साथी भै राखेको त? वाँच्नलाई ।
वालुवाको पैसा उठाउने र ए क्लासको ठेकेदार
भुकम्प र त्रिपाल
मेरो विकासमा उसको ईन्टरफेरेन्सः भलिवल ।

No comments:

Post a Comment