Wednesday, December 26, 2018

डरलाग्ने एक स्कमव्याग साथीको कथा ...

उसको एक कमजोरी नै केटी थियो । नदेखेको तर सुनेको कुरा के भने, उसले आफ्नै टोलको एकजनालाई समेत यौन साथी वनाएको थियो । खासमा उनीहरुको मन मिल्दो हो । तर, त्यो कुरा त्यस टोलका धेरैलाई थाहा भएपछि घरमा भनिदिने वा यस्तै धम्कीले उसको भाई नाता पर्ने देखि छिमेकी केटाहरु सम्मले उनलाई यौन उत्पिडन गरे । घरमा पालिएको वस्तुभाउ चराउन जानेनाममा उनीहरु यस्तो गर्ने गरेको आम हल्ला थियो । पछी उनले सानै उमेरमा विवाह गरिन र त्यो घरका परिवारले समेत त्यो टोल छाडे ।
म लामो समय विदेशमा वस्दा उसले सोध्ने प्रश्न हुन्थ्यो कति गरिस् त? यहाँ गरिसको मतलव, कति वेस्या गमन गरिस वा  यौन कृयाकलापमा संलग्न भईस् भन्ने हो । अनि प्रायःजसो सोधिने अर्काे प्रश्न हुन्थ्यो केटी पठा न, म वस्ने र खाने व्यवस्था मिलाउँछु । मलाई अति असहजिलो लाग्ने यस्ता कुरा ऊ सहजै विना हिचकिचाहट मात्र होईन डाईरेक्टली सोद्दथ्यो । मैले धेरै पटक झोक्किएर उसलाई, साले म यहाँ त्यै केटी खोज्न आएको हो ? लाज लाग्दैन ? भनेर धेरै पटक भने । तर पनि ऊ अर्काे पटकको कुराकानीमा पट्यार लाग्ने गरेर केटी पठा न यार भन्न छोड्दैन थियो । मैले म तेरो श्रीमतीलाई भनि दिन्छु भने पछि धेरै पछि उसले यो छोड्यो ।
सानो हुँदा मेला हेरेर फर्कदा म उसँग सँगै थिए । समय अलि अध्याँरो-अध्याँरो थियो । उसले एक हुल १६-१७ वर्षको गाउँवाट मेला हेर्न आएका केटीहरुको देख्यो, उ चाँही १२-१३ वर्षको हुँदो हो । त्यो हुलको विचमा गएर कुनै रेन्डम केटीको छाती समाएर भाग्यो । केटिहरु तथानाम गालिगर्न थाले । म पनि त्यसको साथीहो भन्ने थाहा पाए, मलाई नी मार्छन्, त्यो भन्दा पनि मेरो त्यो ठाँउका मान्छेले थाहा पाए वेज्जत हुन्छ भन्ने सोचेर म पनि भागे । अनि जीन्दगीमा कहिल्यौ त्यस्तो मेलामा ऊ संग हिडिन । सकेसम्म वहाना वनाउन र भाग्ने वाटो खोज्ने गर्न थाले र कहिल्यै जानु पनि परेन । त्यो दिन सम्झेर आजपनि मेरो मन चिसो हुन्छ ।
उसमा एक प्रकारको सानोमा एक सुपीरिओरिटी काँम्प्लेक्स थियो । उसले अलि सोझो र उमेरमा १-२ वर्ष कम भएका लाई सारै हेप्ने गर्दथ्यो । कतिलाईत श्रीमति होस् भन्ने गर्नथ्यो ।  हाम्रो वस्तीमा मान्छेहरु वसाई सरेर गएकाले त्यहाँका धेरै घरहरु खाली थिए त्यस मध्ये उसका नातेदारहरुका घरहरु पनि थिए । ती घरहरुमा उसले एक कोठा वनाएको हुन्थ्यो र साथीहरुलाई वोलाउँदथ्यो । साँच्चिकै अनैतिक कार्य चाही गर्दैनथ्यो तर खुट्टाले च्याप्ने, अंगालो मार्ने र त मेरो वुढीहोस् भन्ने जस्तो कृयाकलाप गर्दथ्यो । उसको कृयाकलाप वाट यो अनुमान लागाउन सकिन्थ्यो की उ चाहन्थ्यो, उसलाई सवैले सुपरियर मानुन् । केही वर्ष अघी म अमेरिका जाँदा उसले मलाई ईण्टरनेटवाट कल गरेको थियो र त्यही रहेको एक अर्काे हाम्रो केटा साथीलाई तेरो लोग्नेले सोधेको छ भनिदिनु है भन्दै थियो ।
साथीभाईकै अगाडि पनि कट्टु भित्र हात हाली राख्ने उसको वानी थियो । एकदिन मैले यस्तो किन गर्छस् भनेर सोधे । उसले तलाई के को मतलव भनेर जवाफ साथै २-४ वटा गाली समेत जोडेर फर्कायो ।
धेरै मान्छे वेस्या गमन गरे पनि भन्न चाँही डराउँछन्, तर उसलाई वेस्या गमन गरे भनेर भन्न गर्व महसुस् हुन्थ्यो । अझ १५-२० वर्ष अगाडि त पाईन्ट लगाउने भनेपछि उसले एकदम मोडर्न सम्झिन्थ्यो र आज म पाईन्ट लगाउने भालु (वेस्या)को मा गएको भनेर गर्वका साथ सुनाउँदथ्यो । मलाई चाँही त्यती विश्वास लाग्दैन थियो ।

No comments:

Post a Comment